फूलकुमारी महतो अस्पताल बाट सिक्न सकिने कुरा हरु
Me, my wife, Dr. Shivashankar and Dr Ranjeet जिल्ला अस्पताल गुल्मी मा काम गर्ने म चिकित्सक अरु अस्पताल कसरी संचालन भएका छन् भन्ने जिज्ञासाले सधै कोट्याउने गर्थ्यो | हिजो मात्र पूर्व तिर हुइकिए र सिराहाको बस्तीपुरमा ओर्लिए | यसको करिब ५-६ किलोमीटर दक्षिण तिर एउटा सानो चिटिक्कको अस्पताल हाता छ जुन कर्जन्हा नगरपालिकामा पर्छ | यही सानो चिटिक्कको हातमा दुइ तले अस्पताल भवन रहेछ र पछाडी पट्टि दुइटा ठुला ठुला आवास भवन पनि रहेछन | करिब २० रोपनीमा फैलिएको यो अस्पताल हातमा करिब करिब पूर्ण सुबिधा सम्पन्न लाग्यो | यो अस्पतालको नाम धेरैले नसुनेको तर गुणस्तर सेवा प्रदान गरि रहेको देखिन्छ | यस फूलकुमारी अस्पताल बिगत ७ वर्ष देखि सिराहाका जनतालाई सेवा दिदै आएको रहेछ | यो अस्पताल डा. उपेन्द्र महतोको आमाको स्मृतिमा खोलिएको रहेछ| यस अस्पतालमा उपलब्ध सेवा अनि सुविधाहरु : बिशेषज्ञ सेवा हरु जनरल प्राकटिसनर एनेस्थेसियोलोजिस्ट स्त्रीरोग बिशेषज्ञ बालरोग बिशेषज्ञ एडभान्स एसबिए दन्त स...