Tuesday, August 27, 2019
Monday, July 29, 2019
दम्पती र ट्यूमर
![]() |
| तौ दम्पती |
छ महिना पहिले उनकी
श्रीमति तल्लो पेट दुखेर आकस्मिक कक्षमा आकी थिइन् | ८-९ महिना देखि नै तल्लो
पेटमा अफ्ट्यारो हुने गरेको तर यसपाली धेरै दुखेकाले अस्पताल आएका रहेछन | उनको
आधारभूत जांच गरे पछि अल्ट्रासाउन्ड गरे मैले | तल्लो पेटको देब्रे तिर १०-१२ से
मी को ट्यूमर देखियो र त्यो ट्यूमर भित्र १० ओटा जति तरल पद्धार्थ भरिएका फोकाहरु
थिए | यसलाई चिकित्सा भाषामा ओभरियन सिस्ट विथ सेप्टेसन भनिन्छ |
ती युवती र उनका श्रीमान दुबैलाई राखेर अपरेसन गरी निकाल्नु
पर्छ भनी सल्लाह दिए | आफुहरु पाल्पा/बुटवल जान आर्थिक स्थितिले नसक्ने हुनाले यहा हुने भए
यही गरिदिनुस अपरेसन भने| आपसी समझधारीमा यही गुल्मी अस्पतालमा अपरेसन गर्ने योजना
भो | योजनाको तीन दिनमा ती दम्पती आए | भोलि पल्ट अपरेसन गर्ने योजना भो|
![]() |
| ट्यूमर |
भोलि पल्ट बिहान मेरो नेतृत्वमा अपरेसन गर्न थाल्यौं |
देब्रे अण्डादानी बाट निस्किएको त्यो ट्यूमर जताततै टाँसिएको रहेछ: आन्द्राको धेरै ठाउमा,
मुत्रथैली तथा गर्भासयमा |बिस्तारै टाँसिएको भागलाइ छुट्टयायौ तर १० प्रतिशत भाग
छुट्टाउन सकेनौ बाँकी ९० प्रतिशत भाग निकाल्न सफल भयौ | यो अपरेसन पूरा गर्न करीब
३ घण्टा लाग्यो | त्यो ट्यूमरको केही भाग प्याथोलोजी जांचको लागि पठायौं कतै क्यान्सर पो हो कि भनेर
तर त्यसको रिपोर्टमा क्यान्सर नभएको पुष्टि भयो | त्यस रिपोर्टले बिरामी तथा
हामीलाई खुशी दियो |
फलो अप हप्ता र महिनामा बोलायौ | ३ महिनाको फलो अपमा बाकी रहेको भाग घटेको थिएन अल्ट्रासाउन्डले
जांच गर्दा | प्याथोलोजीको रिपोर्ट राम्रो आए पनि अल्ट्रासाउन्ड गर्दा त्यसको साइज
नघटेको हुँदा मन पिरो हुन्थ्यो र बिरामीलाई रिपोर्ट दिंदा मन खिन्न हुन्थ्यो , उनीहरुलाई
पनि त्यस्तै हुन्थ्यो | स्त्रीरोग विशेषज्ञसंग
सल्लाह लिई हर्मोनल उपचार गर्यौ | करीब ३ महिनाको हर्मोन उपचार पछि अल्ट्रासाउन्ड भयो | यो अल्ट्रासाउन्डको रिपोर्ट
हेरे पछि हर्षका रेखाहरु मेरो अनुहारमा सल्बलाए
र दुवै जनालाई बधाई दिए अब रोग निमिट्यान्न भएको सुनाए | दुवै दम्पती खुशीले एक
अर्कालाई हेर्दै मुस्कुराए |
Subscribe to:
Posts (Atom)
नवदुर्गाका नौ रुपबाट हामीले के सिक्ने ?
दुर्गा सप्तशतीको देवी कवच अनुसार प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् पञ्चमं स्कन्दम...
-
I was studying in government high school in grade eight. It just came out in my mind that I should join boarding school. I just shared my d...
-
After a few months, I planned for trekking in Kalikot for orientation about vaccine preventable diseases. We started out our trekking earl...
-
We walk both with happiness and sorrow but the sense is different. Our mind is low with sorrow and high with happiness. Getting happiness i...


