दी अडीसी र रामायणको कथा प्रसँग
कवि होमरको महाकाव्य “दी अडीसी”
मा आधारित क्रिष्टोफर नोलनको फिल्म “दी अडीसी” मा ट्रोजन युद्ध पश्चात राजा अडिसियस र उनको टोली घर फर्किने क्रमको
यात्रामा कस्ता कस्ता दुर्लभ अनि कहालीलाग्दो घटना भए कसरी उनी समुद्री यात्रामा
अनेकौं कठिनाइका बाबजुद आफ्नो राज्य इथाकामा फर्किन्छन् र अन्त्यमा कसरी आफ्नी
रानी पेनेलपलाई विहे गर्न तम्तयार भएका दावेदारहरुबाट बचाउछन् भन्ने कुरालाई
निक्कै सुन्दर पटकथा र वक्र शैलीमा कथा प्रस्तुत गरिएको छ ।
“दी अडीसी” हेरेपछि पूर्वीय शास्त्र रामायणको झल्को आयो
मलाई । जसरी राजा जनकले सीता स्वयंवरको लागि शिव धनुषमा प्रत्यञ्चा चढाउने प्रतियोगिता राख्छन् र श्रीरामले कसैले
नसकेको धनुष उठाएर प्रत्यञ्चा चढाउछन् त्यसरी नै रानी पेनेलपले अडिसियसको धनुष उठाउन आफुलाई विहे
गर्ने दावेदारहरुसंग आव्हान गर्छिन् ।
कसैले प्रत्यञ्चा चढाउन नसके पछि अन्त्यमा भिखारी भेषमा आएका अडिसियसले धनुषमा प्रत्यञ्चा चढाउछन् । माता सीता अशोकवाटिकामा बन्दी
हुन्छिन् जहाँ रावणले मात्र दावी गर्न खोज्छ रानी बनाउन सीताजीले रावणका विभिन्न
प्रलोभनलाई नकार्दै पति रामको प्रतीक्षामा हुन्छिन् तर दी अडीसीमा
रानी पेनेलप आफ्नै दरबारमा बन्दी जीवन बिताएकी हुन्छिन् वरिपरी सयौं दावेदारहरु
हुन्छन् उनलाई विहे गर्न र तिनीहरुलाई विभिन्न बहानामा समय लम्ब्याउदै पति अडिसियसको
प्रतीक्षामा हुन्छिन् ।
अडिसियसको यात्रा श्रीरामको
सीतालाई खोज्न हिडेको यात्रा जस्तो देखिनु
। यात्रामा राक्षसहरुसंग भेट हुनु । समुद्रसँग जुध्दै घर फर्किने यात्रा निक्कै कहालीलाग्दो ।
त्यो कहाली लाग्दो यात्रामा जसरी श्रीरामले हनुमानको साथ पाए त्यसरी नि अडसियसले
देवी एथेनाको साथ पाए । शूर्पणखा जसरी नाक कान काटिएर दाजु रावणको गुहार माग्छिन
त्यसै गरी अडिसियसले पोलिफिनस राक्षसको
आँखा फोर्दा उसले बाबु समुद्र देव पोसेईडनलाई पुकार्छ अडिसियसको टोलीलाई मार्न । रामायणमा श्रीरामको रावणसंग भयङ्कर
युद्ध हुन्छ भने दी अडीसीमा अडिसियसको समुद्रसँग भयंकर सामना हुन्छ । भगवान श्रीरामको यात्रा धेरै जसो जंगलमा थियो
भने अडिसियसको यात्रा धेरै जसो समुद्रमा थियो । श्रीराम सुनको मृगको पछि धनुष लिएर
कुद्नु र पछि राक्षस मारिचमा बदलिनु त्यसै गरी अडिसियसले धनुष लिई एउटा टापुमा मृगको पछि लाग्नु र बाण लागे पछि
मान्छेमा परिणत हुनु ।
जसरी श्रीरामले १४ वर्ष
पछि अयोध्या फर्के त्यसै गरी अडिसियसले २० वर्ष पछि आफ्नो राज्य इथाकामा
फर्के । रामायणमा माता सीताको पृथ्वी गर्भमा भासिए पछि श्रीरामले पुत्रद्वय लभ र कुशलाई राज्य सुम्पेर
वैकुण्ठलोक प्रस्थान गर्छन् तर यसमा संगै
दुवै जना दम्पत्ती छोरा टेलिमिकसलाई राज्य
सुम्पेर देश बाहिर जान्छन् । वाल्मीकिले श्रीरामको कथामा युद्ध पश्चात ग्लानि
पश्चाताप देखाएक छैनन् तर सीताजीको पृथ्वी
गर्भमा भासिए पछि श्रीरामलाई ठुलो ग्लानि हुन्छ तर दी अडीसी
मा होमरले ट्रोय राज्यको लडाईमा नैतिकताको अभाव रहेको र त्यही नैतिकताको अभावमा भएको ट्रोय राज्यमाथि ज्यादती
गरेको यस कथाका मुख्य पात्र अडिसियसमा ठुलो ग्लानि हुन्छ त्यही ग्लानिलाई शान्त
पार्न आफ्नी प्रियतम रानी पेनेलपेसंगै राज्य त्याग्छन् ।
