तौ दम्पती एक जना देखे जस्तो लाग्ने ठिटोले नमस्कार गर्यो | के छ, के भो भन्न नपाउदै मेरो दिमागले ठमायो | उनको अनुहार देखेर उनको श्रीमतिको छ महिना पहिले गरेको अपरेसनको याद आयो | छ महिना पहिले उनकी श्रीमति तल्लो पेट दुखेर आकस्मिक कक्षमा आकी थिइन् | ८-९ महिना देखि नै तल्लो पेटमा अफ्ट्यारो हुने गरेको तर यसपाली धेरै दुखेकाले अस्पताल आएका रहेछन | उनको आधारभूत जांच गरे पछि अल्ट्रासाउन्ड गरे मैले | तल्लो पेटको देब्रे तिर १०-१२ से मी को ट्यूमर देखियो र त्यो ट्यूमर भित्र १० ओटा जति तरल पद्धार्थ भरिएका फोकाहरु थिए | यसलाई चिकित्सा भाषामा ओभरियन सिस्ट विथ सेप्टेसन भनिन्छ | ती युवती र उनका श्रीमान दुबैलाई राखेर अपरेसन गरी निकाल्नु पर्छ भनी सल्लाह दिए | आफुहरु पाल्पा/बुटवल जान आर्थिक स्थितिले नसक्ने हुनाले यहा हुने भए यही गरिदिनुस अपरेसन भने| आपसी समझधारीमा यही गुल्मी अस्पतालमा अपरेसन गर्ने योजना भो | योजनाको तीन दिनमा ती दम्पती आए | भोलि पल्ट अपरेसन गर्ने योजना भो| ट्यूमर भोलि पल्ट बिहान मेरो नेतृत्व...