अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो | अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई ...
Exploring the World by Traveling