Sunday, July 10, 2022

कन्चनजंघा सर्किट: १० दिनको यात्रा (भाग १)

 


पहिलो दिन
आज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आज भन्दा ६  वर्ष अघिको पललाई स्मरण  गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश  दिन लागेको थियो जुन अत्यन्तै दुस्साहसी काम थियो | तीन जना डाक्टरहरु : म, दीपक बन्जाडे जो अहिले हाडजोर्नी विषयमा धरानबाट एम एस गरी सकी भरतपुर् अस्पतालमा काम गरिरहेका छन् , सोनिङ लामा पनि अहिले हाडजोर्नी विषयमा धरानमा एम एस गर्दै छन्  र एकजना भरिया दाइ इन्द्र बुढाथोकी जो ताप्लेजुंग स्वास्थ्य कार्यालयमा कार्यरत छन् | ताप्लेजुङको  फुङलिङ  बजारबाट बिहान ५ बजे तिर सुकेटार उक्ली अनि  देउराली हुँदै  गाडीमा ओरालो लाग्यौ लालिखर्क हुँदै फावाखोला सम्म पुग्यौ | त्यहा चिया नास्ता खाई पदयात्रा शुरु भयो र एक  घण्टामा ओरालो झरी  फावाखोला तरयौ |

फावाखोलाबाट उकालो लाग्यौ  र बीचमा सिकैचामा खाना खाइयो – दिपकको फाटेको थियो  जुत्ता, सिलायौ |  उकालो चढ्यौ, टोपी खस्ने उकालो चढ्यौ र शिरमा तेल्लोक र सिकैचाको सिमानामा फोटो खिच्यौ | यी दुइ गाउँको सिमाना एउटा गोरेटोले छुट्ट्याएको रहेछ | यस सिमानालाई सिन्चेबु भन्ज्याङ भन्दा रहेछन् |  त्यहाँ बाटो पारी तेल्लोकमा खाजा  खायौ, १० बर्षे नानीको आर्ट पनि हेर्यौ | यात्रा अगाडी बढायौ र पेदाङमा एक लाहुरे बाको घरमा बास बस्यौ र हलुवावेदको रक्सी खायौ लोकल कुखुराको मासु संग र लाहुरेबाको लाहुरे जीवनी सुन्दा चकित भयौ |

दोश्रो दिन

पेदाङबाट अर्को दिन बिहानै हिड्यौ  याङपाङ तिर | याङपाङको रिंगटा लाग्ने भिर पार गरी एउटा चौतारीमा  आराम गर्यौ |  अगाडी पुगी बिस्कुट चिया खायौ र कुम्भकर्ण लाई क्यामरामा कैद गर्यौ | ओरालो झर्दा  तल एउटा झरना देख्यौ र झोलुंगे पुलमामा फोटो खिच्यौ | उकालो चढ्यौ  र तेर्सो बाटो लागि मामंखे पुग्यौ र स्वास्थ्य चौकीको निरीक्षण गर्यौ |  त्यहा बाट याम्फुदिन लागे पछी जंगलै  जंगल ठाउ ठाउमा अलैची बगान टहल्दै काबेली खोलाको तीरै तीर  लाग्यौ | पछिलो १ घण्टामा याम्फुदिन पुग्यौ | सानो खुला मैदान पायौ जहाँ प्रहरी चौकी पनि रहेछ, प्रहरी साथीहरु संग भलाकुसारी गर्दै चिया खायौ र साना नानी बाबुहरुको तस्बिर कैद गरी हाम्रो  स्वास्थ्य चौकीको स्टाफको  घर आराम गर्यौ | कुरा गर्ने क्रममा एकजना आमै दमले थला परेको कुरा निकाले स्टाफ भाइले | माथि छिमेकमा ती  आमैलाइ हेर्यौ र अस्पतालमा  उपचार गर्नु पर्ने सल्लाह दियौ | अस्पताल मरी गए जान्न भन्ने आमैको लागि त्यहाँको स्वास्थ्यकर्मीलाई भनेर आवश्यक औषधी फुङलिङबाट ल्याउन सल्लाह दियौ र फर्क्यौ वासस्थान तिर | स्टाफ भाइले बंगुरको मासु र  तोङ्वा खुवाए | दुई दिनको यात्रामा याम्फुदिन पुग्दा थकान केही थियो होला त्यसैले मस्त निद्रा लागेछ |

तेश्रो दिन

तेश्रो दिन याम्फुदिनबाट बिहानै उकालो चढ्यौ र  माथि भोटेगाउ पुगी पिठोको खाजा खायौ | त्यहाँका भोटेहरुले आफुलाई शेर्पा भन्न रुचाउदा रहेछन | बाबु बाजेको पाला देखि भोटे थर लेखेकोले उनीहरुको नागरीकतामा पनि भोटे थर रहेछ | दुई  घण्टाको तेर्सो बाटो  हुदै  उकालो चढे पछि एउटा छाप्रो आयो त्यहा खाना खायौ | पसीना पखाल्यौ नुहाएर |  लास्सेको उकालो - अत्यन्तै उकालो, टोपी खस्ने उकालो चढ्यौ, कहिल्यै नसकिने उकालो | यस्तो उकालो कहिल्यै नचढेको अनुभूति गरायो | जति चढे पनि नसकिने त्यो उकालो विस्तारै विस्तारै चढ्यौ | पारीका पहाडहरुलाई नियाल्दै तिनको मानव आकृति संग तुलना गर्दै उकालो चढ्यौ | साँझ ६ बजे तिर  लास्से भन्ज्यांग आइ पुग्यौ | यो खुल्ला मैदान थियो | उत्तरमा कुम्भकर्ण सुन जस्तै टल्केको थियो | सांझको बास त्यही बस्यौ | खाना चै मीठो थिएन तर पनि भोक मार्न खानु बाध्यता थियो | रातीको जाडोलाई हाम्रो स्लिपिंग ब्यागले त्यति थेग्न सकेन जाडोले राम्रै सेक्यो हामीलाई |

चौथो दिन

भोली बिहान उत्तर तिर कुम्भकर्ण हिमाल टल्केको  देखियो | त्यसलाई क्यामरामा कैद गरे |  त्यसैलाई हेर्दै हामी अघि बढ्यौ | लास्से भन्ज्याङबाट पदयात्रा शुरु गर्दा नगर्दै ठुलो पहिरो रहेछ | यसले बाटो खाएछ | पहिरोको शिर हुदै माथि पुगी फेरी तल झर्यौ बाटोको अर्को भाग समात्न | मुस्किलले त्यो बाकी बाटो समायौ|   चार पांच  घण्टाको दौरान पछि  खोलाको छङछङको आवाज आयो | यो तोरोङदेन खोला रहेछ | एकै छिन खोला नियाल्दै  तोरोङदेन पुग्यौ | तोरोङदेनमा दुई तीन ओटा होटल रहेछन | एकजना दाइको होटलमा चौरीको सुकुटी रहेछ | चौरीको सुकुटी अनि स्थानीय हरियो तरकारीसंग भात राम्रै खायौ र लास्से भन्ज्याङको खानालाई बिर्साउने गरी धित मारेर खाना खायौ | क्यामराको ब्याट्री पावर कम भएकोले अर्को होटलमा विशेष अनुरोध गरेर रिचार्ज गर्यौ सोलार पावरबाट |  त्यहा खाना खाएर बिस्तारै हल्का उकालो लाग्यो | थोरै उकालो, थोरै ओरालो अनि तेर्सो गर्दै खोलाको किनारमा पनि पुग्दै पद यात्रा अगाडी बढ्यो | चेराम पुग्नु केही समय अघि ड्याम जस्तो देखिन्थ्यो कन्चनजंघाको दक्षिणी भाग | बाटोमा चौरीका बथानलाई नियाल्दै  सांझ ६ बजेतिर चेराम पुग्यौ |

चेराममा ४/५ ओटा होटल भए पनि एउटा होटलमात्र खुलेको थियो | हामी बाहेक अरु पदयात्री पनि थिए | भरियाबाट पथप्रदर्शक भएका साथीहरुको रमाइलो गफ साथमा तोङ्वा, अगाडी तातो चुल्हो | अत्यन्तै रमाइलो वातावरण थियो | एक प्लेटको चार सय  रुपैया पर्ने फ्रेन्च फ्राई  पनि खायौ | चौरीको सुकुटी पनि खायौ | राती एघार बजे तिर आराम गर्यौ |

पाँचौ दिन

हिजो राती सुत्नु भन्दा अगाडी खाजाको व्यवस्था गर्न भनेका थियौ होटल वालालाई | चियापत्ती बनाइ  दिउं ? भन्नु भो, हामी अलमल पर्यौ; चियापत्ती ! चपाती भन्न खोज्नु भएको रहेछ, हुन्छ भन्यौ | भोलि पल्ट बिहान ओक्ताङ बेस क्याम्प तिर लाग्यौ | 

४००० मी. भन्दा माथिको हाइट हिड्न अलिक कठिन भो र पनि बिस्तारै हिड्यौ |  खुल्ला चौर, माथि डांडामा नाउरका बथान, छेउमै चौरीका झुण्ड अनि पोखरी  र उत्तर तिर सेतो हिमाल – दृश्य साह्रै मनमोहक थियो, यही त होला नि शांग्री-ला भनेको अनुभूति भयो | यो ठाउ थियो राम्जेर | त्यहाँ चिया खाई  ओक्ताङ  बेस तिर लाग्यौं |


केही घण्टाको हिडाई पछि सुन्दर हिमाल कंचनजंघा साथै कुम्भकर्ण आफ्नै आखा अगाडी उभिएको देखे र तल यालुङ ग्लेसियर | अत्यन्तै हर्ष उल्लासमय वातावरण थियो | यो थियो कन्चनजंघाको दक्षिणी बेस क्याम्प- ओक्ताङ | ओक्ताङको उचाइ ४७४० मी. रहेछ |  कन्चनजंघाको मुख्य चुचुरोको उचाइ ८५८६ मी. छ  | यो विश्वको तेश्रो अग्लो हिमाल हो | कन्चनजंघाको ४ ओटा चुचुरा छन् – वेस्ट, मेन, सेन्ट्रल  र साउथ | 







कुम्भकर्णको उचाइ ७७१० मी. छ | यो  विश्वको ३२औ अग्लो हिमाल हो | यसलाई जन्नु वा फक्ताङ्लुङ् पनि भनिन्छ | यस बेसमा पुस अप पनि गर्न छोडिएन |पुस अप गर्दा अत्यन्तै आनन्द पनि आयो |


ओक्ताङमा शिवजीको  मन्दिर पनि रहेछ | शिवजीको दर्शन गर्यौ र आशिर्वाद पनि थाप्यौ | त्यहाँ एउटा चार रुले कापी रहेछ जसमा आएका मानिसहरुले आफ्नो टीमको नाम लेख्दा  रहेछन हामीले पनि त्यसै गर्यौ | कन्चनजंघा र कुम्भकर्ण हिमाललाई पृष्ठभूमिमा राखेर फोटाहरु खिच्यौ र शिवजीको मन्दिर  छेउ पनि फोटाहरु खिच्यौ | इन्द्र र मैले आफ्नो श्रीमतिलाई कति माया गर्छौ भनेर पनि भाव पोख्यौ | हामी तीन जनाले ज्याकेट

लगाएका थियौ इन्द्रले कोट लगाएको थियो | ऊ नै होला पहिलो व्यक्ति होला  जो कन्चनजंघा बेस क्याम्प पुगेको कोट लगाएर |  एक  घन्टाको समय बिताई दुवै हिमालसंग बिदा मागी शिवजीसंग आशिर्बाद थापी चेराम फर्क्यौ| बाटोमा मलाई हिड्न निकै गाह्रो  भो | ज्वरो पनि आएछ | जीउ फतक्कै गलेछ |जसोतसो चेराम पुग्यौ | माथि कोठामा जाने क्रममा उज्यालो नभएकोले मोबाइलको टर्च बालौ भनेको तल खस्यो त्यो पनि                                                                            पानीमा | इन्द्रले लिएर आयो स्क्रीन चर्केको रहेछ |                                                                            पानीलाई कपडाले
सोसी  झिनो आसमा झोलामा राखे मोबाइल |

नोट : बेस क्याम्पबाट सेलेल चुचुरो हुँदै घुन्सा झर्दै घुन्सा देखि फर्किदा कहाली लाग्दा क्षणहरुलाई भाग २ मा पस्किने वाचा गर्दै फेरी भेट्ने वाचा पनि गरे है 



Friday, June 26, 2020

Queen: A review



Queen- soft yet powerful, sweet yet kadak and simple yet beautiful. It is flawless and fluent. The Rani character portrayed by Kangana simply the best and wow I must say. 

This is all about a journey of a simple ordinary girl who was declined by her fiancé just one day before the marriage. She had the tickets to Paris for the honeymoon and she decides to celebrate honeymoon alone in Paris. She meets different kinds of people there and move to Amsterdam and she found strangers she needs to adjust a room with them and subsequently they become best friends. She happened to meet her fiancé who was looking for her many days in Amsterdam. How the journey ends, we have to watch the movie.

Life is a journey everybody knows but how it does move, we have to wait the time. We know there is future but we don’t know what happens in future. So make your life on your own, don’t be so dependent on others that you can’t decide what you want for. Since you have chosen your   journey to walk on, build your road on your own. 
    
If you make a dark character you have to justify it and the character is justified at the end. That’s the power of story in the queen.

It smacks down the community who seeks external appearance and the getup not the inner core of heart what is there. Relations are made automatically if souls act as a ligand and a receptor and life starts adjusting and enjoying surroundings despite inconvenience. To be the best friend, language is not a bar but the soul.

To learn something in life, we have to start journey and the journey could be triggered by anything.
        

Thursday, February 27, 2020

विदुर नीति बाट



विदुर नीतिको पहिलो अध्यायको ४९ औ पद्ध्य:

जव महाभारतको युद्ध  शुरु हुनु अघि रात जव धृष्टराष्ट्र चिन्ताले जली सुत्न सक्दैन र द्वारपालेलाई भनी विदुर डाक्न पठाउछन् तव विदुरले उनलाई चिन्ता बाट मुक्त हुन तलको मन्त्र सुझाउछन् :

एकया द्वे विनिश्चित्य त्रींश्चतुर्भिर्वशे कुरू
पञ्च जित्वा विदित्वा षट् सप्त हित्वा सुखी भव //४९//

१ ले २ लाई  निश्चय गर , ४ ले ३ लाई  वसमा पार
 लाई जित, ६ लाई जान ७ लाई त्याग  र सुखी रहू

व्याख्या :
एक (बुद्धि) ले २ (कर्तव्य र अकर्तव्य  ) निश्चय गर, ४ (साम, दाम, भेद र दण्ड ) ले ३( मित्र, शत्रु र तटस्थ) लाई वसमा पार,  ५ (इन्द्रीय) लाई जित , ६ (सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रयरुप ) लाई जानेर ७ (अनैतिक सम्बन्ध, जुवा, मृगाया, मद्ध, कठोर वचन, कठोर दण्ड र धनको दुरप्रयोग) त्यागि सुखी बन्नु होस्  


Monday, July 29, 2019

दम्पती र ट्यूमर


तौ दम्पती 
 एक जना  देखे जस्तो लाग्ने ठिटोले नमस्कार गर्यो | के छ, के  भो भन्न नपाउदै मेरो दिमागले ठमायो |  उनको अनुहार देखेर उनको श्रीमतिको छ  महिना पहिले गरेको अपरेसनको याद आयो |

 महिना पहिले उनकी श्रीमति तल्लो पेट दुखेर आकस्मिक कक्षमा आकी थिइन् | ८-९ महिना देखि नै तल्लो पेटमा अफ्ट्यारो हुने गरेको तर यसपाली धेरै दुखेकाले अस्पताल आएका रहेछन | उनको आधारभूत जांच गरे पछि अल्ट्रासाउन्ड गरे मैले | तल्लो पेटको देब्रे तिर १०-१२ से मी को ट्यूमर  देखियो र त्यो ट्यूमर  भित्र १० ओटा जति तरल पद्धार्थ भरिएका फोकाहरु थिए | यसलाई चिकित्सा भाषामा ओभरियन सिस्ट विथ सेप्टेसन भनिन्छ |
ती युवती र उनका श्रीमान दुबैलाई राखेर अपरेसन गरी निकाल्नु पर्छ भनी सल्लाह दिए | आफुहरु पाल्पा/बुटवल  जान आर्थिक स्थितिले नसक्ने हुनाले यहा हुने भए यही गरिदिनुस अपरेसन भने| आपसी समझधारीमा यही गुल्मी अस्पतालमा अपरेसन गर्ने योजना भो | योजनाको तीन दिनमा ती दम्पती आए | भोलि पल्ट अपरेसन गर्ने योजना भो|

 ट्यूमर 

भोलि पल्ट बिहान मेरो नेतृत्वमा अपरेसन गर्न थाल्यौं | देब्रे अण्डादानी बाट निस्किएको त्यो ट्यूमर  जताततै टाँसिएको रहेछ: आन्द्राको धेरै ठाउमा, मुत्रथैली तथा गर्भासयमा |बिस्तारै टाँसिएको भागलाइ छुट्टयायौ तर १० प्रतिशत भाग छुट्टाउन सकेनौ बाँकी ९० प्रतिशत भाग निकाल्न सफल भयौ | यो अपरेसन पूरा गर्न करीब ३ घण्टा लाग्यो | त्यो ट्यूमरको केही भाग प्याथोलोजी  जांचको लागि पठायौं कतै क्यान्सर पो हो कि भनेर तर त्यसको रिपोर्टमा क्यान्सर नभएको पुष्टि भयो | त्यस रिपोर्टले बिरामी तथा हामीलाई खुशी दियो |

फलो अप हप्ता र महिनामा बोलायौ | ३  महिनाको फलो अपमा बाकी रहेको भाग घटेको थिएन अल्ट्रासाउन्डले जांच गर्दा | प्याथोलोजीको रिपोर्ट राम्रो आए पनि अल्ट्रासाउन्ड गर्दा त्यसको साइज नघटेको हुँदा मन पिरो हुन्थ्यो र बिरामीलाई रिपोर्ट दिंदा मन खिन्न हुन्थ्यो , उनीहरुलाई पनि त्यस्तै हुन्थ्यो |  स्त्रीरोग विशेषज्ञसंग सल्लाह लिई हर्मोनल उपचार गर्यौ | करीब ३ महिनाको हर्मोन उपचार पछि  अल्ट्रासाउन्ड भयो | यो अल्ट्रासाउन्डको रिपोर्ट हेरे पछि  हर्षका रेखाहरु मेरो अनुहारमा सल्बलाए र दुवै जनालाई बधाई दिए अब रोग निमिट्यान्न भएको सुनाए | दुवै दम्पती खुशीले एक अर्कालाई हेर्दै मुस्कुराए |

Tuesday, December 4, 2018

फूलकुमारी महतो अस्पताल बाट सिक्न सकिने कुरा हरु


Me, my wife, Dr. Shivashankar and Dr Ranjeet
 जिल्ला अस्पताल गुल्मी मा काम गर्ने  म चिकित्सक अरु अस्पताल कसरी संचालन भएका छन् भन्ने जिज्ञासाले सधै कोट्याउने गर्थ्यो | हिजो मात्र पूर्व तिर हुइकिए र सिराहाको बस्तीपुरमा ओर्लिए | यसको करिब ५-६ किलोमीटर दक्षिण तिर एउटा सानो चिटिक्कको अस्पताल हाता छ जुन कर्जन्हा  नगरपालिकामा पर्छ | यही सानो चिटिक्कको हातमा दुइ तले अस्पताल भवन रहेछ र पछाडी पट्टि दुइटा ठुला ठुला आवास भवन पनि रहेछन |

करिब २० रोपनीमा फैलिएको यो अस्पताल हातमा करिब करिब पूर्ण सुबिधा सम्पन्न लाग्यो | यो अस्पतालको नाम धेरैले नसुनेको तर  गुणस्तर सेवा प्रदान गरि रहेको देखिन्छ | यस  फूलकुमारी अस्पताल बिगत ७ वर्ष देखि सिराहाका जनतालाई सेवा दिदै आएको रहेछ | यो अस्पताल डा. उपेन्द्र महतोको आमाको स्मृतिमा खोलिएको रहेछ|

यस अस्पतालमा उपलब्ध सेवा अनि सुविधाहरु :

बिशेषज्ञ सेवा हरु  
  •   जनरल प्राकटिसनर  
  •   एनेस्थेसियोलोजिस्ट
  •   स्त्रीरोग बिशेषज्ञ
  •  बालरोग बिशेषज्ञ
  •  एडभान्स एसबिए
  •  दन्त सेवा


यो टिम मुख्यत: इमर्जेन्सी सेवा अनि स्त्री तथा प्रशुति सेवा, बालरोग सेवाका साथै  जनरल सर्जरी सेवामा हाइड्रोसिल, हर्निया अनि एपेन्डिक्सको अपरेसनमा सेवा दिन्छ अनि दांत भर्ने देखि आरसिटी सम्मको सेवा देखियो  | जुन यस नगरपालिकाको लागि बरदान साबित भएको छ|

चिकित्सा सेवाहरु
बहिरंग, इमर्जेन्सी अनि आन्तरिक (बिरामी भर्ना गरी उपचार गर्ने) सेवा सबै

पानी निर्मलीकरण सुबिधा
पानी प्रशोधन भै अस्पतालको हरेक धारा बाट बग्ने पानी बिशुध्द खाने पानी बन्छ जसले गर्दा बिरामी तिनका आफन्त अनि स्वास्थ्यकर्मीले ढुक्क भै पानी पिउन सक्दा रहेछन

अपरेसनका लुगा अनि औजार निर्मलीकरण
लुगा अनि औजारको निर्मलीकरण गर्ने बिभाग छुट्टै छ र व्यवस्थित पनि

इलेक्ट्रोनिक्स हाजिरी
कुनै कर्मचारीले आ-आफ्नो समयमा ड्युटी अनुसार हाजिर गरुन भनि अस्पतालको मूल द्वार मै बायोमेट्रिक मसिन छ जसमा अस्पताल प्रवेश गर्दै औठा राखी हाजिर गर्यो अनि ड्युटी सके पछी औठा राख्यो | यसले गर्दा  कसैले फर्जी हाजिर गर्न पाउदैन |

कम्प्युटेड रेडियोग्राफी अनि भिडियो एक्सरे सेवा
यहाको एक्सरेहरु सबै कम्प्युटेराइज्ड हुन् अर्थात एक्सरे मसिनबाट खिचिरे सोझै कम्प्युटरको मनिटरमा हेरी प्रिन्ट गर्न सकिन्छ यो साधारण एक्सरे भन्दा क्लियर अनि गुणस्तरको हुन्छ | भिडियो एक्सरे मसिन पनि राम्रो छ

सेन्ट्रल अक्सिजन सुबिधा
अक्सिजन प्लान्ट नभए पनि सिलिन्डरमा अक्सिजन भरी अक्सिजन कक्षबाट अस्पतालको  हरेक ठाउमा पठाउने  व्यवस्था रहेछ

प्लास्टिक जन्य सामानहरु रिसाइक्लिनको लागि बिक्री
प्लास्टिक जन्य सामानहरुलाई रिसाइक्लिन गर्ने कम्पनीलाई सम्पर्क गरी बेचिदो रहेछ जसले गर्दा प्रदुषण कम अनि अस्पताललाई पैसा पनि, फोहोरबाट मोहोरको उपार्जन !

सरकारी जिल्ला अस्पतालमा पनि कम्तिमा माथि उल्लेखित बिशेषज्ञ सेवाका साथै जनरल सर्जन अनि हाडजोर्नी बिशेषज्ञ सेवा थप्न र  सुबिधा उपलब्ध गराउन सकियो भने बिरामीलाई धेरै राहत हुन सक्थ्यो र अस्पतालले केहि गर्न सकियो भन्ने गर्व हुन्थ्यो



Sunday, August 12, 2018

Extinction: a must watch movie


A  sci-fi movie that has a simple but strong story with great plot and surprisingly superb presentation. This is a story of  a family how a person has to face so many hurdles to save himself and his family. 
A great performance by Michael Penna and well supported by Lizzy Caplan and hat's off to  Erica Tremblay.

Another side of story other than human being. Every single living or non-living thing has to struggle for the existence. Just imagine we have the world of non-living people who can laugh, cry and love just like real people. What would happen if synthetic robot starts to have human like responses and emotions. There is a debate about the moral questions as synthetic android starts human like behavior and these synths become unaware that they are synths but behave like a human.

Peter, an engineer, has recurring nightmares in which he and his family suffer from violent, alien invasion-like confrontations with an unknown enemy. He has a small family with his wife Alice and two daughters. One night at the party thrown by his wife, he is obsessed with that recurrent nightmare and goes to baranda and actually finds some flying spaceships attacking the city and their apartment.
Somehow they survive and go to the basement of Peter’s factory which is safe as his nightmares signals out.
The story does not end here. We have to watch the struggle between synthetic androids verses aliens ( who are actually not) and how it ends.

के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन   धर्मको एक महान दार्शनिक ग्रन्थ हो , जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन , धर्म , कर्म र...