Posts

Showing posts from March, 2016

परीक्षिता

Image
एक जना अधबैंसे आए मेरो सामु केहि कागजातका साथ अनि सोधे ,' के गर्ने होला डा' साब ?' म  छक्क परेको अनुहार देखाउदै भने, 'के गर्ने होला ?!'   'मेरो परिवार ...मेरो परिवारको ...' उनी  स्पष्ट थिएनन् आफ्नो भनाईमा/ 'के भो के गर्नु पर्यो मैले ?' भन्दै उनले  दिएको डकुमेन्ट पल्टाए उनको पत्नीको दोश्रो गर्भ रहेछ /पहिलो बच्चा ४ बर्षको उमेरमा निधन भएको रहेछ ट्युमर को कारणले/ सबै कुरा खुल्ने डकुमेन्ट रहेनछ/ उनको पत्नी को दोश्रो गर्भमा  अलिक नर्भस थिए उनी/सायद पहिलो बच्चा गुमाउनु पर्दाको पीडा ताजै थियो होला उनको मनमा/ हेर्दा बडा शालीन थिए उनी/ यो गर्भको समय पनि ४१औ हप्ता पुग्दै थियो आज/ मैले सबै रिपोर्ट रिभ्यु गरे  र इन्डक्सन (प्रशव व्यथा को थालनी ) गर्ने प्लान गरे/ इन्डक्सन गरेको रातबाट ब्यथा शुरु भो/ भोलि साँझ मात्र डेलिवरी भो/ म  ब्याडमिन्टन खेल्दै थिए/ उनी आएर भने, 'बच्चा त चल्दैन, सर/' उनको अनुहार बडो मलीन थियो/ म  दौडेर डेलिवरी रुममा पुगे/ बच्चाले राम्ररी  सास फेरेको थिएन, धड्कन पनि ६०/मिनेट  भन्दा कम थियो/ बच्चाले दिसा खाइ सकेको र  फोक्