Posts

Showing posts from December, 2018

फूलकुमारी महतो अस्पताल बाट सिक्न सकिने कुरा हरु

Image
Me, my wife, Dr. Shivashankar and Dr Ranjeet   जिल्ला अस्पताल गुल्मी मा काम गर्ने   म चिकित्सक अरु अस्पताल कसरी संचालन भएका छन् भन्ने जिज्ञासाले सधै कोट्याउने गर्थ्यो | हिजो मात्र पूर्व तिर हुइकिए र सिराहाको बस्तीपुरमा ओर्लिए | यसको करिब ५-६ किलोमीटर दक्षिण तिर एउटा सानो चिटिक्कको अस्पताल हाता छ जुन कर्जन्हा  नगरपालिकामा पर्छ | यही सानो चिटिक्कको हातमा दुइ तले अस्पताल भवन रहेछ र पछाडी पट्टि दुइटा ठुला ठुला आवास भवन पनि रहेछन | करिब २० रोपनीमा फैलिएको यो अस्पताल हातमा करिब करिब पूर्ण सुबिधा सम्पन्न लाग्यो | यो अस्पतालको नाम धेरैले नसुनेको तर   गुणस्तर सेवा प्रदान गरि रहेको देखिन्छ | यस   फूलकुमारी अस्पताल बिगत ७ वर्ष देखि सिराहाका जनतालाई सेवा दिदै आएको रहेछ | यो अस्पताल डा. उपेन्द्र महतोको आमाको स्मृतिमा खोलिएको रहेछ| यस अस्पतालमा उपलब्ध सेवा अनि सुविधाहरु : बिशेषज्ञ सेवा हरु       जनरल प्राकटिसनर     एनेस्थेसियोलोजिस्ट   स्त्रीरोग बिशेषज्ञ   बालरोग बिशेषज्ञ   एडभान्स एसबिए   दन्त सेवा यो टिम मुख्यत: इमर्जेन्सी सेवा अनि स्त्री तथा प्रशुत