Posts

Showing posts from July 29, 2019

दम्पती र ट्यूमर

Image
तौ दम्पती    एक जना   देखे जस्तो लाग्ने ठिटोले नमस्कार गर्यो | के छ, के   भो भन्न नपाउदै मेरो दिमागले ठमायो |   उनको अनुहार देखेर उनको श्रीमतिको छ   महिना पहिले गरेको अपरेसनको याद आयो | छ   महिना पहिले उनकी श्रीमति तल्लो पेट दुखेर आकस्मिक कक्षमा आकी थिइन् | ८-९ महिना देखि नै तल्लो पेटमा अफ्ट्यारो हुने गरेको तर यसपाली धेरै दुखेकाले अस्पताल आएका रहेछन | उनको आधारभूत जांच गरे पछि अल्ट्रासाउन्ड गरे मैले | तल्लो पेटको देब्रे तिर १०-१२ से मी को ट्यूमर   देखियो र त्यो ट्यूमर   भित्र १० ओटा जति तरल पद्धार्थ भरिएका फोकाहरु थिए | यसलाई चिकित्सा भाषामा ओभरियन सिस्ट विथ सेप्टेसन भनिन्छ | ती युवती र उनका श्रीमान दुबैलाई राखेर अपरेसन गरी निकाल्नु पर्छ भनी सल्लाह दिए | आफुहरु पाल्पा/बुटवल   जान आर्थिक स्थितिले नसक्ने हुनाले यहा हुने भए यही गरिदिनुस अपरेसन भने| आपसी समझधारीमा यही गुल्मी अस्पतालमा अपरेसन गर्ने योजना भो | योजनाको तीन दिनमा ती दम्पती आए | भोलि पल्ट अपरेसन गर्ने योजना भो|  ट्यूमर  भोलि पल्ट बिहान मेरो नेतृत्वमा अपरेसन गर्न थाल्यौं | देब्रे अण्डादानी बाट निस्किएको त्य