दम्पती र ट्यूमर


तौ दम्पती 
 एक जना  देखे जस्तो लाग्ने ठिटोले नमस्कार गर्यो | के छ, के  भो भन्न नपाउदै मेरो दिमागले ठमायो |  उनको अनुहार देखेर उनको श्रीमतिको छ  महिना पहिले गरेको अपरेसनको याद आयो |

 महिना पहिले उनकी श्रीमति तल्लो पेट दुखेर आकस्मिक कक्षमा आकी थिइन् | ८-९ महिना देखि नै तल्लो पेटमा अफ्ट्यारो हुने गरेको तर यसपाली धेरै दुखेकाले अस्पताल आएका रहेछन | उनको आधारभूत जांच गरे पछि अल्ट्रासाउन्ड गरे मैले | तल्लो पेटको देब्रे तिर १०-१२ से मी को ट्यूमर  देखियो र त्यो ट्यूमर  भित्र १० ओटा जति तरल पद्धार्थ भरिएका फोकाहरु थिए | यसलाई चिकित्सा भाषामा ओभरियन सिस्ट विथ सेप्टेसन भनिन्छ |
ती युवती र उनका श्रीमान दुबैलाई राखेर अपरेसन गरी निकाल्नु पर्छ भनी सल्लाह दिए | आफुहरु पाल्पा/बुटवल  जान आर्थिक स्थितिले नसक्ने हुनाले यहा हुने भए यही गरिदिनुस अपरेसन भने| आपसी समझधारीमा यही गुल्मी अस्पतालमा अपरेसन गर्ने योजना भो | योजनाको तीन दिनमा ती दम्पती आए | भोलि पल्ट अपरेसन गर्ने योजना भो|

 ट्यूमर 

भोलि पल्ट बिहान मेरो नेतृत्वमा अपरेसन गर्न थाल्यौं | देब्रे अण्डादानी बाट निस्किएको त्यो ट्यूमर  जताततै टाँसिएको रहेछ: आन्द्राको धेरै ठाउमा, मुत्रथैली तथा गर्भासयमा |बिस्तारै टाँसिएको भागलाइ छुट्टयायौ तर १० प्रतिशत भाग छुट्टाउन सकेनौ बाँकी ९० प्रतिशत भाग निकाल्न सफल भयौ | यो अपरेसन पूरा गर्न करीब ३ घण्टा लाग्यो | त्यो ट्यूमरको केही भाग प्याथोलोजी  जांचको लागि पठायौं कतै क्यान्सर पो हो कि भनेर तर त्यसको रिपोर्टमा क्यान्सर नभएको पुष्टि भयो | त्यस रिपोर्टले बिरामी तथा हामीलाई खुशी दियो |

फलो अप हप्ता र महिनामा बोलायौ | ३  महिनाको फलो अपमा बाकी रहेको भाग घटेको थिएन अल्ट्रासाउन्डले जांच गर्दा | प्याथोलोजीको रिपोर्ट राम्रो आए पनि अल्ट्रासाउन्ड गर्दा त्यसको साइज नघटेको हुँदा मन पिरो हुन्थ्यो र बिरामीलाई रिपोर्ट दिंदा मन खिन्न हुन्थ्यो , उनीहरुलाई पनि त्यस्तै हुन्थ्यो |  स्त्रीरोग विशेषज्ञसंग सल्लाह लिई हर्मोनल उपचार गर्यौ | करीब ३ महिनाको हर्मोन उपचार पछि  अल्ट्रासाउन्ड भयो | यो अल्ट्रासाउन्डको रिपोर्ट हेरे पछि  हर्षका रेखाहरु मेरो अनुहारमा सल्बलाए र दुवै जनालाई बधाई दिए अब रोग निमिट्यान्न भएको सुनाए | दुवै दम्पती खुशीले एक अर्कालाई हेर्दै मुस्कुराए |

Comments

Post a Comment

Popular posts from this blog

Boarding Bajura

My Traveling: Recalling Chitlang

कन्चनजंघा सर्किट: १० दिनको यात्रा (भाग १)