Posts

Showing posts from July 10, 2022

कन्चनजंघा सर्किट: १० दिनको यात्रा (भाग १)

Image
  पहिलो दिन आज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आज भन्दा ६  वर्ष अघिको पललाई स्मरण   गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश   दिन लागेको थियो जुन अत्यन्तै दुस्साहसी काम थियो | तीन जना डाक्टरहरु : म, दीपक बन्जाडे जो अहिले हाडजोर्नी विषयमा धरानबाट एम एस गरी सकी भरतपुर् अस्पतालमा काम गरिरहेका छन् , सोनिङ लामा पनि अहिले हाडजोर्नी विषयमा धरानमा एम एस गर्दै छन्    र एकजना भरिया दाइ इन्द्र बुढाथोकी जो ताप्लेजुंग स्वास्थ्य कार्यालयमा कार्यरत छन् | ताप्लेजुङको   फुङलिङ   बजारबाट बिहान ५ बजे तिर सुकेटार उक्ली अनि   देउराली हुँदै   गाडीमा ओरालो लाग्यौ लालिखर्क हुँदै फावाखोला सम्म पुग्यौ | त्यहा चिया नास्ता खाई पदयात्रा शुरु भयो र एक   घण्टामा ओरालो झरी   फावाखोला तरयौ | फावाखोलाबाट उकालो लाग्यौ   र बीचमा सिकैचामा खाना खाइयो – दिपकको फाटेको थियो   जुत्ता, सिलायौ |   उकालो चढ्यौ, टोपी खस्ने उकालो चढ्यौ र शिरमा तेल्लोक र सिकैचाको सिमानामा फ