Tuesday, December 4, 2018

फूलकुमारी महतो अस्पताल बाट सिक्न सकिने कुरा हरु


Me, my wife, Dr. Shivashankar and Dr Ranjeet
 जिल्ला अस्पताल गुल्मी मा काम गर्ने  म चिकित्सक अरु अस्पताल कसरी संचालन भएका छन् भन्ने जिज्ञासाले सधै कोट्याउने गर्थ्यो | हिजो मात्र पूर्व तिर हुइकिए र सिराहाको बस्तीपुरमा ओर्लिए | यसको करिब ५-६ किलोमीटर दक्षिण तिर एउटा सानो चिटिक्कको अस्पताल हाता छ जुन कर्जन्हा  नगरपालिकामा पर्छ | यही सानो चिटिक्कको हातमा दुइ तले अस्पताल भवन रहेछ र पछाडी पट्टि दुइटा ठुला ठुला आवास भवन पनि रहेछन |

करिब २० रोपनीमा फैलिएको यो अस्पताल हातमा करिब करिब पूर्ण सुबिधा सम्पन्न लाग्यो | यो अस्पतालको नाम धेरैले नसुनेको तर  गुणस्तर सेवा प्रदान गरि रहेको देखिन्छ | यस  फूलकुमारी अस्पताल बिगत ७ वर्ष देखि सिराहाका जनतालाई सेवा दिदै आएको रहेछ | यो अस्पताल डा. उपेन्द्र महतोको आमाको स्मृतिमा खोलिएको रहेछ|

यस अस्पतालमा उपलब्ध सेवा अनि सुविधाहरु :

बिशेषज्ञ सेवा हरु  
  •   जनरल प्राकटिसनर  
  •   एनेस्थेसियोलोजिस्ट
  •   स्त्रीरोग बिशेषज्ञ
  •  बालरोग बिशेषज्ञ
  •  एडभान्स एसबिए
  •  दन्त सेवा


यो टिम मुख्यत: इमर्जेन्सी सेवा अनि स्त्री तथा प्रशुति सेवा, बालरोग सेवाका साथै  जनरल सर्जरी सेवामा हाइड्रोसिल, हर्निया अनि एपेन्डिक्सको अपरेसनमा सेवा दिन्छ अनि दांत भर्ने देखि आरसिटी सम्मको सेवा देखियो  | जुन यस नगरपालिकाको लागि बरदान साबित भएको छ|

चिकित्सा सेवाहरु
बहिरंग, इमर्जेन्सी अनि आन्तरिक (बिरामी भर्ना गरी उपचार गर्ने) सेवा सबै

पानी निर्मलीकरण सुबिधा
पानी प्रशोधन भै अस्पतालको हरेक धारा बाट बग्ने पानी बिशुध्द खाने पानी बन्छ जसले गर्दा बिरामी तिनका आफन्त अनि स्वास्थ्यकर्मीले ढुक्क भै पानी पिउन सक्दा रहेछन

अपरेसनका लुगा अनि औजार निर्मलीकरण
लुगा अनि औजारको निर्मलीकरण गर्ने बिभाग छुट्टै छ र व्यवस्थित पनि

इलेक्ट्रोनिक्स हाजिरी
कुनै कर्मचारीले आ-आफ्नो समयमा ड्युटी अनुसार हाजिर गरुन भनि अस्पतालको मूल द्वार मै बायोमेट्रिक मसिन छ जसमा अस्पताल प्रवेश गर्दै औठा राखी हाजिर गर्यो अनि ड्युटी सके पछी औठा राख्यो | यसले गर्दा  कसैले फर्जी हाजिर गर्न पाउदैन |

कम्प्युटेड रेडियोग्राफी अनि भिडियो एक्सरे सेवा
यहाको एक्सरेहरु सबै कम्प्युटेराइज्ड हुन् अर्थात एक्सरे मसिनबाट खिचिरे सोझै कम्प्युटरको मनिटरमा हेरी प्रिन्ट गर्न सकिन्छ यो साधारण एक्सरे भन्दा क्लियर अनि गुणस्तरको हुन्छ | भिडियो एक्सरे मसिन पनि राम्रो छ

सेन्ट्रल अक्सिजन सुबिधा
अक्सिजन प्लान्ट नभए पनि सिलिन्डरमा अक्सिजन भरी अक्सिजन कक्षबाट अस्पतालको  हरेक ठाउमा पठाउने  व्यवस्था रहेछ

प्लास्टिक जन्य सामानहरु रिसाइक्लिनको लागि बिक्री
प्लास्टिक जन्य सामानहरुलाई रिसाइक्लिन गर्ने कम्पनीलाई सम्पर्क गरी बेचिदो रहेछ जसले गर्दा प्रदुषण कम अनि अस्पताललाई पैसा पनि, फोहोरबाट मोहोरको उपार्जन !

सरकारी जिल्ला अस्पतालमा पनि कम्तिमा माथि उल्लेखित बिशेषज्ञ सेवाका साथै जनरल सर्जन अनि हाडजोर्नी बिशेषज्ञ सेवा थप्न र  सुबिधा उपलब्ध गराउन सकियो भने बिरामीलाई धेरै राहत हुन सक्थ्यो र अस्पतालले केहि गर्न सकियो भन्ने गर्व हुन्थ्यो



के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन   धर्मको एक महान दार्शनिक ग्रन्थ हो , जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन , धर्म , कर्म र...