अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो | अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई ...
पहिलो दिन आज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आज भन्दा ६ वर्ष अघिको पललाई स्मरण गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश दिन लागेको थियो जुन अत्यन्तै दुस्साहसी काम थियो | तीन जना डाक्टरहरु : म, दीपक बन्जाडे जो अहिले हाडजोर्नी विषयमा धरानबाट एम एस गरी सकी भरतपुर् अस्पतालमा काम गरिरहेका छन् , सोनिङ लामा पनि अहिले हाडजोर्नी विषयमा धरानमा एम एस गर्दै छन् र एकजना भरिया दाइ इन्द्र बुढाथोकी जो ताप्लेजुंग स्वास्थ्य कार्यालयमा कार्यरत छन् | ताप्लेजुङको फुङलिङ बजारबाट बिहान ५ बजे तिर सुकेटार उक्ली अनि देउराली हुँदै गाडीमा ओरालो लाग्यौ लालिखर्क हुँदै फावाखोला सम्म पुग्यौ | त्यहा चिया नास्ता खाई पदयात्रा शुरु भयो र एक घण्टामा ओरालो झरी फावाखोला तरयौ | फावाखोलाबाट उकालो लाग्यौ र बीचमा सिकैचामा खाना खाइयो – दिपकको फाटेको थियो जुत्ता, सिलायौ | ...