परीक्षिता
एक जना अधबैंसे आए मेरो सामु केहि कागजातका साथ अनि सोधे ,' के गर्ने होला डा' साब ?' म छक्क परेको अनुहार देखाउदै भने, 'के गर्ने होला ?!'
'मेरो परिवार ...मेरो परिवारको ...'
उनी स्पष्ट थिएनन् आफ्नो भनाईमा/
'के भो के गर्नु पर्यो मैले ?' भन्दै उनले दिएको डकुमेन्ट पल्टाए उनको पत्नीको दोश्रो गर्भ रहेछ /पहिलो बच्चा ४ बर्षको उमेरमा निधन भएको रहेछ ट्युमर को कारणले/ सबै कुरा खुल्ने डकुमेन्ट रहेनछ/
उनको पत्नी को दोश्रो गर्भमा अलिक नर्भस थिए उनी/सायद पहिलो बच्चा गुमाउनु पर्दाको पीडा ताजै थियो होला उनको मनमा/ हेर्दा बडा शालीन थिए उनी/
यो गर्भको समय पनि ४१औ हप्ता पुग्दै थियो आज/ मैले सबै रिपोर्ट रिभ्यु गरे र इन्डक्सन (प्रशव व्यथा को थालनी ) गर्ने प्लान गरे/
इन्डक्सन गरेको रातबाट ब्यथा शुरु भो/ भोलि साँझ मात्र डेलिवरी भो/ म ब्याडमिन्टन खेल्दै थिए/ उनी आएर भने, 'बच्चा त चल्दैन, सर/' उनको अनुहार बडो मलीन थियो/
म दौडेर डेलिवरी रुममा पुगे/ बच्चाले राम्ररी सास फेरेको थिएन, धड्कन पनि ६०/मिनेट भन्दा कम थियो/ बच्चाले दिसा खाइ सकेको र फोक्सो तिर पनि पुगेको अनुमान लगाउन सके/ सक्सन गरी तुरुन्त ब्यागिंग (कृतिम स्वासप्रस्वास ) शुरु गरे साथीहरुलाई खवर गर्न लगाए/ ब्यागिंगसंग चेस्ट कम्प्रेसन ( छाती च्यापेर मुटुको धडकनलाई सहयोग गर्नु ) शुरु गरें/ बच्चाको धडकन १००/मिनेट भन्दा माथि पुर्याउने प्रयास गर्यौ र आयो पनि बच्चाको रंग पनि पिङ्क (रातो ) भो र बिस्तारै क्राई (रुन) गर्यो तर बच्चाको तापमान ९६ फरेनहेइट मात्र थियो/ न्यानो को लागि तुरुन्त ग्यास हिटरको जोरजाम भो/ बच्चाको नसा खोलि ग्लुकोज चढायौ र संक्रमणको मध्यनजर गरी एन्टीबायोटिक पनि शुरु गर्यौ र अक्सिजनलाई निरन्तरता दियौ/
बच्चाको स्थिति बारे बाबु आमालाई बिस्तृत रुपमा जानकारी दियौ/ बिहान ६ बजेतिर बच्चाको धड्कन अनि स्वासप्रस्वास राम्रो थियो र म पनि अलिक ढुक्क भए अब बच्चा बाँच्छ भनेर/
तीन दिन पछि डिस्चार्ज गर्यौ/ ति दाई निक्कै खुशी देखिन्थे/ हामीलाई धन्यबाद दिंदै आफुसंग फोटो खिच्न अनुरोध गरे/ हामीले पनि सहर्ष स्वीकार गर्यौं/
मैले ती बच्चीको नाम राखिदिए : परीक्षिता...!!! महाभारत कालिन पात्र परीक्षितको याद गर्दै यो नाम जुरेको हो/
Comments
Post a Comment