आज म ताप्लेजुङ्गको फुन्ग्लिंगमा घोत्लिरहेछु
:मान्छेको जीवन आज छ भोलि
छैन / प्रसंग
हो हिजोको
: दुइ जना
उत्साही जवान
चिकित्सकको बसको ठक्कर बाट
मृत्यु / धेरै
जसो पत्रपत्रिका
मा पढियो
दुइ जना
डाक्टर को
शिक्षण अस्पताल
महाराजगंज को हातामा बसको ठक्कर
बाट मृत्यु/ पत्रकारले
चालकको चरम
लापरबाहीले चिकित्सक को मृत्यु भन्ने
चै लेखेनछन्/
आज त्यहि
ठाउमा तिनै
चिकित्सकहरुले बिरामीको सेवा गर्दागर्दै बिरामी
को मृत्यु
भएको भए
डाक्टरको चरम
लापरबाहीले बिरामी को मृत्यु भनी
हेडलाइन बनाउथे/
समाचार पढ्दा
यस्तो लाग्यो
मलाई ति
चिकित्सकको मृत्यु चिकित्सकको थिएन बल्की
कुनै
बस्तुभाउ को मृत्यु भए जस्तो
भान हुन्थ्यो/
हिजो आफ्ना आफन्तको करंग भाँचिदा रोइ कराइ बिर अस्पतालमा भौतारिदा को पीडा पोख्ने पत्रकार बन्धु आज खोइ? डाक्टरको बारे मा चरम लापरबाही भन्ने हरु कहाँ लुके खोइ कि यसमा पनि डाक्टरको लापरबाहीले गर्दा बसले ठक्कर दिएको भन्ने समाचार प्रेषण गर्दै छौ साथी हो ? जति पनि लेख पढे त्यसमा कुनै दु:ख प्रकट छैन राष्ट्र को होनहार अमुल्य जनशक्ति गुमेको मा कुनै खेद छैन/ लाग्छ डाक्टर भनेका सामान्य आयाराम गयाराम हुन् / यिनको कुनै मूल्य मान्यता नै छैन/
चिकित्सक कुनै मामुली
बस्तु होइनन,
यी त
जनताको सेवा
को लागि आहोरात्र
खट्ने देशका
होनहार नागरिक
हुन् /यिनको
अहोरात्र खटाइले
दमले आक्रान्त
भएकी आमा
सजिलै सास
फेर्ने गरी
खुशी हुदै
घर फर्किन्छिन,
निमोनियाले ग्रस्त बच्ची निको हुदै
घर फर्किदै
गर्दा आमाले अनुहारमा
मुस्कान छाउछिन्/
यिनले गर्दा
हर्के बा
को छोरा
को फुटेको
एपेन्डिक्स को उपचार हुन्छ र
यिनले गर्दा
नै सानी
कान्छीले सुरक्षित
प्रशुती सेवा
लिन्छिन/
ति दुइ चिकित्सक
जसले आफ्नो
परिवार
टाढा छोडेर
आफ्नो जवानीलाई बिरामीको
सेवामा समर्पित गरे उनीहरु
प्रति मेरो
श्राद्ध सुमन/मेरो कामना
छ उनीहरुको
चिर शान्तिको/