Thursday, July 24, 2025

के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन  धर्मको एक महान दार्शनिक ग्रन्थ हो, जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन, धर्म, कर्म भक्तिको गूढ रहस्यहरू बताउनु भएको छ। गीता .१३ मा श्रीकृष्ण भन्नुहुन्छ:

"चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।"
यस श्लोक अनुसार, समाजलाई चार वर्णमा विभाजन गर्ने व्यवस्था भगवानले  गुण (सत्त्व, रज, तम) कर्म (व्यवहार/कार्य) को आधारमा गर्नुभएको हो, जन्मको आधारमा होइन।

जब श्रीकृष्णले स्वयं वर्ण व्यवस्था गुण कर्मका आधारमा गर्नुभयो भने, के उहाँमा ती चारै वर्णका गुणहरू थिए?  मलाई लाग्छ  निःसन्देह थिए भगवान् श्रीकृष्ण पूर्ण पुरुषोत्तम हुनुहुन्छ, उहाँमा सबै प्रकारका गुणहरूको समावेश पाइन्छ। अब हामी चारै वर्णका विशेषता अनुसार श्रीकृष्णका जीवन घटनाहरूको विश्लेषण गर्दै यो पुष्टि गर्छौं।

. ब्राह्मण:  ज्ञान, सत्य, अध्यात्म संयम

ब्राह्मणको प्रमुख धर्म भनेको ज्ञानको खोज प्रसार हो। आत्मसंयम, वेद-अध्ययन, ध्यान, सत्यको पालन ब्राह्मणका गुण हुन्। श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई जीवनको रहस्य बताउँदै गीता उपदेश दिनुभयो। गीता एक यस्तो ग्रन्थ हो जसले ब्रह्मविद्या, कर्मयोग, भक्तियोग, ज्ञानयोगको शिक्षा दिन्छ।
त्यसैले, श्रीकृष्णमा ब्राह्मणको गुण उच्चतम स्तरमा देखिन्छ।

. क्षेत्रीय : पराक्रम, युद्धकला, धर्म न्याय

क्षेत्रीयले समाजको रक्षाका लागि युद्ध गर्नु पर्दछ, अन्यायको विरोध गर्नुपर्छ। श्रीकृष्ण यद्यपि युद्धमा आफैं लड्नु भएन, तर उहाँले धर्मपक्षमा दृढ भूमिका निभाउनुभयो। अर्जुनको सारथी  बनेर, नीति रणकौशलको प्रयोग गरेर कौरवहरूमाथि विजय प्राप्त गर्न मद्दत गर्नुभयो।
यो  क्षेत्रीय गुणको उदाहरण हो।

. वैश्यकृषिकर्म, व्यापार, पशुपालन

वैश्यको धर्म आर्थिक प्रबन्ध होव्यापार, कृषिकर्म गोपालन। श्रीकृष्ण बाल्यकालमा ग्वालाको रुपमा कृषिकर्म, पशुपालनमा लाग्नु भो यो  वैश्यको गुण थियो।

. शूद्रसेवा, समर्पण, सहकार्य

शूद्रले समाजको सेवा गर्छ। अन्यको सहयोगी बन्ने, सेवा गर्ने यस वर्णको विशेषता हो। श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनका रथका सारथी बन्नुएक राजकुमारका निम्ति सेवक बन्नु, एकदमै उच्च सेवा भाव दर्शाउने कर्म हो। यो भूमिकाले  शूद्रको भावलाई पनि उहाँमा देखाउँछ।

त्यसैले भगवान् श्रीकृष्ण कुनै एक वर्णमा मात्र सीमित हुनु हुन्नथ्यो उहाँ सर्वगुणसम्पन्न हुनु हुन्थ्यो ब्राह्मणको ज्ञान, क्षत्रियको शौर्य, वैश्यको पालनकर्म, शूद्रको सेवा भावनायी सबै गुणहरू उहाँमा समानरूपले विकसित थिए।
श्रीमद्भगवद्गीतामा वर्ण व्यवस्था जन्म होइन, गुण कर्म को आधारमा बनाइएको भन्ने कुरालाई स्वयं श्रीकृष्णले आफ्नो जीवनबाट प्रमाणित गर्नुभएको छ।

 


Sunday, May 18, 2025

बिरबलको धर्को

 


अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो |
अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई  छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई नछोइकन छोटो बनाउन | बिरबल फटाफट श्यामपाटी तर्फ जान्छन र चकले अकबरले कोरेको धर्को नजिकै अर्को लामो धर्को कोरी दिन्छन | अकबर तिर फर्केर मुसुक्क हास्छन्, ‘हजुरको धर्को नछोइकन छोटो भएन त सरकार ?’ अकबर अरु भारदारतिर फर्की मुसुमुसु हास्छन् |
हामी र हाम्रो समाज कता गैरहेको छ ? अरुलाई नराम्रो बनाएर आफूलाई राम्रो देखाउन खोज्ने हामी र हामिले बिगारेको हाम्रो  संस्कार कहिले बिरबलको जस्तो लामो धर्को हुने | हामी कहिल्ल्यै अरु भन्दा राम्रो बन्ने प्रयास गरेनौ बल्की अरुको खुट्टा तानेर राम्रो बन्न खोज्यौं | यसरी समाजले कहिल्ल्यै फड्को मार्दैन सधैं उल्टो बाटो तिर उन्मुख बनाउछ | यो हामी सबैले महसुस गरेकै हो, नतिजाले त्यही भन्छ | १९८० ताका हामीसंगै थिए चीन, कोरिया अनि जापान | उनीहरुको आफू राम्रो बन्ने  संस्कार (अरुको खुट्टा नतान्ने) ले  गगनचुम्बी भए हामी खाल्डो खन्दै पाताल प्रवेश गर्न  थाल्यौ |
संस्कार तल देखि माथि र माथि देखि तल जहाँ पनि अद्योगति तिरै देख्छु केही अपवाद बाहेक| सरकार परिवर्तन के भएको हुन्छ, सत्ताको मोहले denial stage मा रहेका नेताले भोलि देखि नै यो सरकार टिक्दैन भन्दै हिड्छन् | प्रतिपक्षले  यो सरकारलाई कसरी रचनात्मक तरिकाले जनताको हकहितका लागि पृष्ठपोषण गर्ने भन्दा पनि कसरी सरकार ढाल्ने तिर उन्मुख देखिने | सत्तामा रहेका पनि देश र जनताको हितमा काम गर्ने भन्दा नि म्युजिकल चेयरमा म छुटी पो हाल्छु कि भन्ने त्रासमा रही राख्ने, सरकारमा रहुन्जेल सम्म आफ्नो कर्तव्य पूरा गरौ भन्दा पनि प्रतिपक्षप्रति औला ठडाएर काम गर्न दिएनन् भन्ने | हामी जनता पनि उस्तै; त्यस्तै व्यक्तिलाई चुन्छौ अनि नेताले देश बिगारे भनेर कफी गफमा  चिन्ता टोपली हाल्छौँ | हामी जनता पनि अधिकारको अनावश्यक हल्ला गर्छौ तर आफ्नो कर्तव्य पूरा गर्दैनौ, मेरो कर्तव्य पनि छ र मेरो त अधिकारै अधिकार मात्र पो हो भन्ने भ्रम हामीबाट पनि हट्नु जरुरी छ | कर्तव्य सधै उच्च स्थानमा रहन्छ अधिकार भन्दा | सामाजिक संजालमा विरलै पाइन्छ होला नागरीकले आफ्नो देश प्रतिको कर्तव्य निभाएको केवल यस्तो भएन उस्तो भएन मात्र गुनासो देख्छु र अधिकार खोजेको मात्र देख्छु | यो व्रहमाण्डमा जसको पनि सीमितता छ फरक केवल कति ठुलो र कति लामो भन्ने मात्र हो | आफ्नो सीमितताको महत्व बुझी थोरै समयमा उच्चतम कार्य  कसरी पूरा गर्ने ध्यान कति दिन सक्छौ हामी ? सधै यो प्रश्न गर्न सक्नु पर्छ हामीले आफूलाई | लोकतन्त्रमा एउटा सुन्दर पक्ष भनेको  वाक स्वतन्त्रता हो तर यसको पनि सीमा छ, मर्यादा छ | यसको दुरुपयोग गरी उच्छृङ्खलता प्रहसन गर्यौ | कार्यालयमा सेवाग्राही आउनु हुन्छ, तिम्रो कार्यालय कति फोहोर हो ? प्रश्न गर्नु हुन्छ तर आफूले खाएको खैनी नजिकै रहेको डस्टबिनमा नफाली भित्तामा थुकी दिनु हुन्छ | अरुलाई प्रश्न गर्दा आफू पनि पहिले संस्कारित हुनु जरुरी छ | जनता संस्कारित नभए नेता संस्कारित हुँदैनन् कर्मचारी संस्कारित हुँदैनन | त्यही जनताकै गर्भबाट नेता जन्मेका हुन् त्यहीबाट कर्मचारी आएका हुन् | आकाश तिर फर्केर थुक्दा बिचार गर्नु पर्छ |

जबसम्म अकबरको धर्को मेटाउने कोशिश गर्छौ तबसम्म देशको प्रगति हुनेवाला छैन | देशको रुपान्तरण बिरबलको धर्कोले  गर्छ | बिरबलको धर्को कोर्न आजै देखि आफैबाट शुरु गरौँ: सुन्दर समाजको निर्माण अवश्य हुन्छ, देशले प्रवेग प्राप्त गर्छ  प्रगतिपथको |

के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन   धर्मको एक महान दार्शनिक ग्रन्थ हो , जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन , धर्म , कर्म र...