विदुर नीति बाट



विदुर नीतिको पहिलो अध्यायको ४९ औ पद्ध्य:

जव महाभारतको युद्ध  शुरु हुनु अघि रात जव धृष्टराष्ट्र चिन्ताले जली सुत्न सक्दैन र द्वारपालेलाई भनी विदुर डाक्न पठाउछन् तव विदुरले उनलाई चिन्ता बाट मुक्त हुन तलको मन्त्र सुझाउछन् :

एकया द्वे विनिश्चित्य त्रींश्चतुर्भिर्वशे कुरू
पञ्च जित्वा विदित्वा षट् सप्त हित्वा सुखी भव //४९//

१ ले २ लाई  निश्चय गर , ४ ले ३ लाई  वसमा पार
 लाई जित, ६ लाई जान ७ लाई त्याग  र सुखी रहू

व्याख्या :
एक (बुद्धि) ले २ (कर्तव्य र अकर्तव्य  ) निश्चय गर, ४ (साम, दाम, भेद र दण्ड ) ले ३( मित्र, शत्रु र तटस्थ) लाई वसमा पार,  ५ (इन्द्रीय) लाई जित , ६ (सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रयरुप ) लाई जानेर ७ (अनैतिक सम्बन्ध, जुवा, मृगाया, मद्ध, कठोर वचन, कठोर दण्ड र धनको दुरप्रयोग) त्यागि सुखी बन्नु होस्  


Comments

Popular posts from this blog

Boarding Bajura

My Traveling: Recalling Chitlang

कन्चनजंघा सर्किट: १० दिनको यात्रा (भाग १)